नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकरण भएको छ । मंगलबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनी र सीईडीबी हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार मैलुङ खोलाको २.२२ प्रतिशत बोनस वापतको ८१ हजार ७६८.२४ कित्ता सेयर सूचीकृत भएको हो । यस्तै सीईडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनस [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकरण भएको छ । मंगलबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनी र सीईडीबी हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार मैलुङ खोलाको २.२२ प्रतिशत बोनस वापतको ८१ हजार ७६८.२४ कित्ता सेयर सूचीकृत भएको हो ।

यस्तै सीईडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनस वापतको ९ करोड २३ लाख ३५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News