नेप्से ७९ अंकले घट्दा लगानीकर्ताको रोजाइमा माइक्रोफाइनान्स

<p>काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा अडिएको छ । नेप्से घटेपनि अहिल्लो कारोबार दिनको तुलानामा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करो८ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार १९ अर्ब १६ करोड [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा अडिएको छ । नेप्से घटेपनि अहिल्लो कारोबार दिनको तुलानामा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करो८ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार १९ अर्ब १६ करोड रुपैयाँ बराबारको कारोबार भएको थियो ।

यस दिन ६० कम्पनीको सेयरमूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । सूचीकृत १३ उपसमूहमध्ये माइक्रोफाइनान्स समूह १.०८ प्रतिशत बढेको छ । बाँकि सबै समूह राताम्मै भएको छ । सबैभन्दा धेरै लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूह ३.८३ प्रतिशतका दरले घटेको हो ।

आइतबार चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै मन्दाकिनि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका छन् ।

Share News