नेशनल फण्डले ११.७२ लाख कित्ता सेयर बेच्दै, मूल्य ५० रुपैयाँ

<p>काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टले सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीले चुक्ता पुँजी चुक्ता पुँजी ५४ करोड रुपैयाँको २ः१ अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ दरको २७ करोड रुपैयाँको ५४ लाख कित्ता हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टले सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले चुक्ता पुँजी चुक्ता पुँजी ५४ करोड रुपैयाँको २ः१ अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले प्रतिसेयर अंकित मूल्य ५० रुपैयाँ दरको २७ करोड रुपैयाँको ५४ लाख कित्ता हकप्रद सेयर गत असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुला गरेको थियो ।

उक्त समयमा बिक्री ११ लाख ७२ हजार कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर भदौ १३ गतेदेखि भदौ २० गतेसम्म लिलाम बढाबढको माध्यमबाट बिक्रीमा राखको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता ५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले सो वा सोभन्दा माथिल्लो मूल्य तोकि न्यूनतम २० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Share News