झिनो अंकले बढेको सेयर बजारमा १८ अर्ब ९० करोडको कारोबार

<p>काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २.११ अंकले बढेर २९६८.४४ अंकमा अडिएको छ। दिनभर राताम्मे बनेको बजार अन्तिम समयमा भने लगानीकर्ताले सेयर माग बढाउँदा हरियो बनेर बन्द भयो । आइतबार करेक्सन देखिएको सेयर बजारमा सोमबार र मंगलबारको सार्वजनिक बिदापछि बुधबारको बजारमा पनि त्यसको प्रभाव देखिएको हो । बुधबार ३३७ कम्पनीका २ लाख १४ हजार [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से २.११ अंकले बढेर २९६८.४४ अंकमा अडिएको छ।

दिनभर राताम्मे बनेको बजार अन्तिम समयमा भने लगानीकर्ताले सेयर माग बढाउँदा हरियो बनेर बन्द भयो । आइतबार करेक्सन देखिएको सेयर बजारमा सोमबार र मंगलबारको सार्वजनिक बिदापछि बुधबारको बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

बुधबार ३३७ कम्पनीका २ लाख १४ हजार २ सय १९ पटकको कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर खरिदबिक्री भएको छ ।

जसमा कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ रहेको छ । १०० कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये ५ वटा बढ्दा ८ वटा घटेको छ । सर्वाधिक बढ्नेमा फाइनान्स इन्डेक्स रहेको छ । चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यस्तै, यस  दिन सवार्धिक गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंकका लगाीकर्ता छन् ।

Share News