नेप्से ३४.२९ अंकले बढ्यो, यी १० कम्पनीका लगानीकर्ता मालामाल

<p>काठमाडौं ।  बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा कायम भएको छ । लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । यो समूह ७.६७ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमध्ये लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचल फण्ड बाहेक अन्य सबै समूह बढेको छ । सबैभन्दा धेरै म्यूचलफण्डका लगानीकर्ताले ०.९० प्रतिशतका दरले गुमाएका [&hellip;]</p>

काठमाडौं ।  बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा कायम भएको छ ।

लगानीकर्ताहरू फाइनान्स समूहमा झुमिएका छन् । यो समूह ७.६७ प्रतिशतले बढेको छ । सूचीकृत कम्पनीमध्ये लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचल फण्ड बाहेक अन्य सबै समूह बढेको छ । सबैभन्दा धेरै म्यूचलफण्डका लगानीकर्ताले ०.९० प्रतिशतका दरले गुमाएका छन् ।

यस दिन १० कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्गा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स, अपी पावरको मूल्य १० प्रतिशतद्ये बढेको छ । त्यस्तै मञ्जुश्री फाइनानसको ९.८, थ्रीस्टार हाइड्रोपावरको ९.८ तथा बेस्ट फाइनान्सको मूल्य ८.५ प्रतिशतले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार फाइनान्स ७.६७, बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढेको छ । त्यस्तै माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशतले घटेको छ ।

कारोबार रकममा आधारमा हिमालयन रि र शिवम् सिमेन्ट नै शीर्ष स्थानमा रहेका छन् ।

Share News