नेप्सेमा नयाँ रेकर्ड : ९४.५३ अंक बढेर पौने २६ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

<p>काठमाडौं । सेयर बजारले कारोबार रकमका पुन: नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो कारोबार दिन  आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जसलाई उछिन्दै आइतबार पुनः नयाँ रेकर्ड कायम भएको हो । आइतबार सेयर बजारमा [&hellip;]</p>

काठमाडौं । सेयर बजारले कारोबार रकमका पुन: नयाँ रेकर्ड कायम गरेको छ ।

साताको पहिलो कारोबार दिन  आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जसलाई उछिन्दै आइतबार पुनः नयाँ रेकर्ड कायम भएको हो ।

आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २,८६०.९१ को विन्दुमा अडिएको छ ।

आइतबार २२८ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।

लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र लगानी समूहमा झुमिएका छन् । सो समूहमा क्रमश ४.५५, ४.४० र ४.१२ प्रतिशतले बढेको छ । सूचीकृत सबै समूहमा हरियाली छाएको छ ।

हिमालयन रि र शिवम् सिमेन्टको १ करोड भन्दा माथि कारोबार भएको छ ।

नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

Share News