सांसदको अभिव्यक्तिले पुँजीबजारमा २ खर्ब क्षति भएको भन्दै रकम असुल गराउन लगानीकर्ताको माग

<p>काठमाडौं । सांसदहरूले सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु खेदजनक रहेको लगानीकर्ताहरूले बताएका छन् । लगानीकर्ताहरूको चार संघले संयुत्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । जनरल इन्भेष्टर एसोसियसन, अध्यक्ष नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र सधारण लगानीकर्ता संघ नेपालले संयुत्त विज्ञप्ति जारी गरेका हुन् । &#8216;कसैका [&hellip;]</p>

काठमाडौं । सांसदहरूले सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु खेदजनक रहेको लगानीकर्ताहरूले बताएका छन् ।

लगानीकर्ताहरूको चार संघले संयुत्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । जनरल इन्भेष्टर एसोसियसन, अध्यक्ष नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र सधारण लगानीकर्ता संघ नेपालले संयुत्त विज्ञप्ति जारी गरेका हुन् ।

‘कसैका प्रभावमा माननीय सांसद प्रकाशशरण महत, अमरेशकुमार सिंह, राजन दाहाललगायत अन्य सांसदहरूबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ,’ विज्ञप्तीमा उल्लेख छ ।

देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पुँजीबजार पनि बिस्तारै बढ्‌दै जाने र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउने लगानीकर्ताहरूले बताएका छन् ।

कम्पनी कति सुरक्षित छ, छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा रहेको उनीहरूको भनाइ छ । जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा दिएको अभिव्यक्तिहरू तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरू नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैह्य नहुने उनीहरूले चेतावनी दिएका छन् ।

पुँजीबजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभाबी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्न उनीहरूकाे आग्रह छ । साथै, नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल गराउनसमेत उनीहरूको माग छ ।

Share News