सेयर बजारमा नयाँ रेकर्ड, १४५ अंक घट्दा पौने २४ अर्बको कारोबार

<p>काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सेयर बजारमा १४५ अंकको गिरावट आएपनि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको हो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा बन्द भएको छ । तर, कारोबार रकम भने पौने २४ अर्ब बढीको भएको छ । जुन हालसम्मकै [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सेयर बजारमा १४५ अंकको गिरावट आएपनि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ को विन्दुमा बन्द भएको छ । तर, कारोबार रकम भने पौने २४ अर्ब बढीको भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो । आज दिनभर ३२२ कम्पनीको २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

फाइनान्स समूहका लगानीकर्ताले सबैभन्दा धेरै ८.२७ प्रतिशतको दरले गुमाएका छन् । मंगलबार सूचीकृत सबै समूह राताम्मै भएका छन् ।घटेको बजार पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाइड्रोपावर र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

मंगलबार ८ कम्पनीको मात्रै सेयर बढेको छ भने २३३ कम्पनीको घटेको छ । एक कम्पनीको भने स्थिर रहेको छ ।

Share News