काठमाडौं । उकालो लागिरहेको सेयर बजारमा सोमबार पनि निरन्तरता पाएको छ । दिनभर उतारचढाब रहेको बजार अन्तिम समयमा दोहोरो अंक बढेर बन्द भएको हो ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४०.७६ अंक बढेर २ हजार ७९६.३८ अंकमा पुगेर बन्द भएको हो । आज दिनभर ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार कित्ता सेयर २ लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ ।
सोमबार हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक १ अर्ब २६ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४९ करोड ३८ लाख ७२ हजार रुपैयाँ, सानिमा माई हाइड्रोको ४४ करोड ५१ लाख ६४ हजार रुपैयाँ, शिवम् सिमेन्टको ४२ करोड ७ लाख ७३ हजार रुपैयाँ र माउन्टेन इनर्जीको ४० करोड ९३ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज रू रू जलविद्युत् परिआयोजना, सीईडीबी हाइड्रो, सगरमाथा जलविद्युत, कुथेली बुखरी स्मल हाइड्रो, भगवती हाइड्रो, माथिल्लो मैलुङ खोला जलविद्युत, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, सिटी होटलको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
यस्तै माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ९.९७ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ९.९४ प्रतिशत, रावा इनर्जीको ९.८७ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको ९.७४ प्रतिशत बढेको छ ।
यस्तै खराब वित्तीय विवरण विसार्वजनिक गरेको नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशत घटेको छ । साथै सोमबार सार्वजिनक गरेको वित्तीय विवरणप्रति लगानीकर्ताहरू भने असन्तुष्ट रहेको देदिन्छन् । किनभने बैंकिङ समूह ०.५० प्रतिशत, विकास बैंक समूह ०.१५ प्रतिशत, फाइनान्स समूह ४.६१ प्रतिशत घटेको छ ।