निफ्राबाट बाहिरिँदै एनआईसी एशिया लघुवित्त

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एशिया लघुवित्त बाहिरिने भएको छ । एनआईसी एशिया लघुवित्तले निफ्रामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो । एनआईसी एशियाले निफ्रामा रहेको आफ्नो स्वामित्वको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन ७ दिनभित्र आवेदन दिनुपर्नेछ [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट एनआईसी एशिया लघुवित्त बाहिरिने भएको छ । एनआईसी एशिया लघुवित्तले निफ्रामा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएको हो ।

एनआईसी एशियाले निफ्रामा रहेको आफ्नो स्वामित्वको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले साउन ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यसअघि विद्यमान संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, आवेदन नपरेपछि पुनः सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्ने व्यक्ति संस्थापक समूहभित्र नै समावेश हुने बताइएको छ ।

Share News