सुरु भयो लाभांश सिजन, शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत लाभांश बाँड्ने

<p>काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सकिएपछि लाभांश सिजन सुरु भएको छ । पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि अब कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने चासोको विषय बन्न थालेको छ। यही बीचमा आर्थिक वर्ष सकिएको १५ दिनमै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई प्रतिफल बाँड्न थालिसकेका छन् । लक्ष्मी सनराईज क्यापिटलको साउन १४ गते बसेको [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सकिएपछि लाभांश सिजन सुरु भएको छ । पुँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि अब कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने चासोको विषय बन्न थालेको छ। यही बीचमा आर्थिक वर्ष सकिएको १५ दिनमै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई प्रतिफल बाँड्न थालिसकेका छन् ।

लक्ष्मी सनराईज क्यापिटलको साउन १४ गते बसेको बैठकले शुभ लक्ष्मी कोषका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ नफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो ।

लक्ष्मी सनराईज बैंक कोष प्रवर्द्धक र लक्ष्मी सनराईज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषको गत वर्षको लेखा परिक्षण सम्पन्न भएपछि प्रतिफल वितरण गरेको हो । शुभ लक्ष्मी कोष खुलामुखी योजना हो ।

साथै प्रतिफल वितरण प्रयोजनार्थ साउन १५ गते बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १४ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

शुभ लक्ष्मी कोषका इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन २१ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।

Share News