बैंकहरुले साउनको ब्याज आम्दानी पनि गत वर्षकै ब्यालेन्ससिटमा गणना गर्न पाउने, नाफा बढ्ने

<p>काठमाडौं । बैंकहरुले साउनको ब्याज आम्दानीलाई पनि गत आर्थिक वर्षको वित्तीय विवरणमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् यस्तो व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी [&hellip;]</p>

काठमाडौं । बैंकहरुले साउनको ब्याज आम्दानीलाई पनि गत आर्थिक वर्षको वित्तीय विवरणमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् यस्तो व्यवस्था गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

यो व्यवस्थाले बैंकको नाफा बढ्ने देखिएको छ ।

Share News