सेयर बजार अर्थतन्त्रको ऐना भएको अर्थमन्त्रीको दाबी, के गरे पहिलो निर्णय ?

<p>काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । पौडेलले सोमबार कार्यभार सम्हाल्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसमा सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका हुन् । उनले सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने पनि बताएका छन्। लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनकाे [&hellip;]</p>

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । पौडेलले सोमबार कार्यभार सम्हाल्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसमा सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका हुन् ।

उनले सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने पनि बताएका छन्। लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनकाे प्रतिबद्दता छ ।

उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै नयाँ गठबन्धन आएपछि अब स्थिरता हुने धारणा राखे । उनले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइए पनि अब भने निरासा चिर्ने र आशा जगाउने काम हुने बताए ।

उनले सोमबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेका छन् । जुन उनको अर्थमन्त्रीका रुपमा पहिलो निर्णय हो ।

अर्थमन्त्री पौडेलले उनले ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ ।

Share News