सेयर बजार सुधारमा अर्थमन्त्री उदार, यस्तो ल्याए बजेट

<p>काठमाडौं । सरकारले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बोर्डमा सुचीकृत हुनपर्ने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुधार गर्ने बताएका छन् । &#8216;नेपाल स्टक एक्सचेञ्&#x200d;ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको [&hellip;]</p>

काठमाडौं । सरकारले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बोर्डमा सुचीकृत हुनपर्ने बताएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुधार गर्ने बताएका छन् । ‘नेपाल स्टक एक्सचेञ्‍ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको संरचनागत सुधार  गरिनेछ,’ उनले भने, ‘वस्तु विनिमय बजारको सञ्‍चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइनेछ ।’

अर्थमन्त्री पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषयमा भने केहि बोलेका छैनन्न ।

Share News