३५ हजार शुल्क तिरेर २०० जना सीईओले विदेशी विज्ञबाट कक्षा लिँदै

<p>काठमाडौं । मोबाइल र कम्प्युटरबाटै बैंकिङ अभ्यास गर्न मिल्ने भएपछि काम गर्ने तौरतरिका फेरिएका छन् । कोरोना महामारीको समयमा सबै शैक्षिक संस्था, कर्पाेरेट हाउस लगायत सबै कार्यालयका प्रणाली परिवर्तन भए । कोरोना महामारीका समयमा अनलाइन माध्यम र ‘वर्कफर्म होम’ बाटै काम गरे । यसबाट नेपालका शैक्षिक संस्था, कर्पाेरेट हाउस लगायत क्षेत्रमा पर्फमेन्स र सिकाइ घट्यो [&hellip;]</p>

काठमाडौं । मोबाइल र कम्प्युटरबाटै बैंकिङ अभ्यास गर्न मिल्ने भएपछि काम गर्ने तौरतरिका फेरिएका छन् । कोरोना महामारीको समयमा सबै शैक्षिक संस्था, कर्पाेरेट हाउस लगायत सबै कार्यालयका प्रणाली परिवर्तन भए । कोरोना महामारीका समयमा अनलाइन माध्यम र ‘वर्कफर्म होम’ बाटै काम गरे । यसबाट नेपालका शैक्षिक संस्था, कर्पाेरेट हाउस लगायत क्षेत्रमा पर्फमेन्स र सिकाइ घट्यो ।

तर, हार्वड विश्व विद्यालयले हालै सार्वजनिक गरेको एक अनुसन्धानले अनलाइन तथा ‘वर्कफर्म होम’ को माध्यमबाट काम गर्दा अमेरिकी संस्थाहरूमा उत्पादकत्व बढेको देखायो । यो तथ्याङ्कले नेपालका संस्थाहरूमा कार्यरत उच्च तहका कर्मचारीहरूलाई सोच्न बाध्य बनायो । अब नयाँ सोच र परिकल्पना अनुसार अघि बढ्नु पर्ने उहाँहरूको निष्कर्श रह्यो । आगामी दिनमा सबै संस्थाहरू आर्टिफिसियल इन्टिलीजेन्स (एआआई), डिजिटल रूपान्तरण र प्रविधिमा आधारित भएर सञ्चालन हुने देखिन्छन् । विश्वमा फड्को मारिरहेको प्रविधिको विकासले नेपाललाई स्वभाविक रूपमा असर पार्ने देखिन्छ ।

यिनै विषयलाई मध्येनजर गरी नेपाल व्यवस्थापन संघ (म्यान)ले नेपाली संस्थाहरूका उच्च तहका कर्मचारी प्रमुख कार्यकारी अधिकृत (सीईओ), नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ), जनरल म्यानेजर (जीएम), म्यानेजिङ डाइरेक्टर (एमडी), बोर्ड अफ डाइरेक्टर (सञ्चालक सदस्य), संस्थापकहरूको ‘सीईओ सम्मेलन’ आयोजना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान एवं विचार प्रदान गर्न म्यानले आगामी जेठ १८ गते सीईओ सम्मेलनको आयोजना गर्न लागेको हो । म्यानका कार्यकारी सदस्य तथा सीईओ सम्मेलनका संयोजक अजय कुमार मिश्रका अनुसार विभिन्न ४ जना अन्तर्राष्ट्रिय वक्ताहरूले चार विषयगत सत्रहरू सञ्चालन गर्ने छन् ।

स्ट्राटेजीका संस्थापक एवं ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टर, इन्भेष्ट इन्डियाका सीईओ दिपक बगला, एमपी फिनटेकका प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन र फ्युज मेसिनका संस्थापक डा. समीर मास्केले आफ्नो अनुभव र ज्ञान प्रदान गर्ने उनले बताए ।

मिश्रका अनुसार इयान पालिस्टर यूरोपीयन अनुसन्धानकर्ता हुन् । रणनीति विकास र अभ्यासको रूपमा ३० वर्ष काम गरिसकेका उनी यूरोपीयन देशहरूमा रणनीति विकास, कार्यान्वयन, प्रविधिको प्रयोगका विषयमा आफ्नो क्षमता सिद्ध गरिसकेका छन् ।

भारतीय अवधारण बारे जानकारी दिने उद्देश्यले इन्भेष्ट इन्डियाका सीईओ तथा एमडी दिपक बगलाले पनि कक्षा सञ्चालन गर्ने छन् । सीटी बैंक, विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) लगायत थुप्रै बैंकको उच्च तहमा ३० वर्ष काम गरिसकेका उनले हालै इन्भेष्ट इन्डिया कम्पनी सञ्चालनमा ल्याएका हुन् । उनले व्यावसायीक रूपमा कन्सल्र्टिङ सेवा प्रदान गर्दै आएका छन् ।

आफैं संस्था खोलेर सफल उद्यमी बनेका प्रभु रंगराजन एमपी फिनटेकका प्रमुख सञ्चालन अधिकृत हुन् । फिनटेक संस्था सञ्चालन तथा स्थापनामा भोगेका सहजता, चुनौति, समस्या, आरोह–अवरोहको अनुभवले नेपाली फिनटेक उद्योगमा आवद्ध भएका व्यक्तिका लागि थप जानकारीमुलक हुने अपेक्षा म्यानले गरेको छ ।

नेपाली मुलका अमेरीकी नागरिक हुन् डा. समीर मास्के । उनी फ्युज मेसिनका संस्थापक पनि हुन् । कोलोम्बिया विश्वविद्यालयका प्रोफेसर समेत रहका उनी आर्टिफिसियल इन्टिलीजेन्स (एआई) को क्षेत्रमा काम गरिरहेका छन् । डा.मास्केको कम्पनी फ्युज मेसिन हालै अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ । विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी पनि हो ।

पहिलो सत्र सम्मेलनको मुख्य विषवस्तुमा आधारित छ भने दोस्रो सत्रमा सफलताका कथाः शून्यदेखि आकाशसम्म, तेस्रो सत्र अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट विश्वमा सफलता हासिल गर्ने रणनीतिमा आधारित छ भने अन्तिम सत्र डिजिटल रूपान्तरणसम्बन्धी रहेको मिश्रले बताए ।

सीईओ सम्मेलनबाट नेपालमा कार्यरत सीईओहरूको काम गर्ने शैली, रणनीति, क्षमता विकासमा ठूलो टेवा पुग्ने मिश्रको भनाइ छ । सरकारको भूमिका, नीति नियमबारे सरकारका उच्च पदस्थ व्यवस्थापकबाट समेत एउटा सेसन राख्ने गरी तयारी भइरहेको उनले बताए ।

सीईओ सम्मेलनमा नेपालका विभिन्न सरकारी तथा निजी संस्थामा आवद्ध २ सय भन्दा बढी सीईओको सहभागीता हुने उनले बताए । साथै, सम्मेलनपश्चात् बजारमा नयाँ छाप छोड्ने उनको दावी छ । यसअघि सन् २०२१ मा पहिलो पटक सीईओ सम्मेलन भएको थियो ।

यसपटकको सीईओ सम्मेलनको नारा ‘द फ्यूचर अफ वर्क, एडप्टिङ टू चेन्जिङ ल्याण्डस्क्याप’ रहेको छ । पढ्ने र सिकाउने बानी बसाल्न आयोजना हुन लागेको सीईओ सम्मेलनमा सहभागि हुन प्रतिव्यक्ति ३५ हजार रूपैयाँ (प्ल्स भ्याट) शुल्क तोकिएको छ । सीईओ सम्मेलनको कुल लागत ५५ लाख रूपैयाँ रहेको संयोजक मिश्रले बताए ।

कोरोना महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको बोल सीईओ सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधन गर्न नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्य हुन सक्ने म्यानका अध्यक्ष मोहनराज ओझाले बताए ।

उनका अनुसार अर्थतन्त्रका मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन गरी सरकारहरूले समाजलाई लाभान्वित गर्ने कामका नयाँ प्रवृत्तिहरूलाई सुनिश्चितता प्रदान गर्नुपर्छ । कार्यस्थलको रूपान्तरणसँगै संस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक रहेको उनको भनाइ छ ।

‘यी परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित सीईओ सम्मेलन आयेजना गर्न लागिएको हो,’ उनले भने, ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात गर्नुपर्छ । सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग पुग्नेछ ।’

Share News