बीमा क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ : नवराज अधिकारी

<p>नेपाल धितोपत्र बोर्डका कार्यवाहक नवराज अधिकारीले अर्थतन्त्रमा बीमा क्षेत्रले ठूलो योगदान पुर्&#x200d;याएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक अध्यक्ष अधिकारीले वित्तीय स्थायीत्व कायम गर्न बीमा क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘४४ प्रतिशत जनसंख्या बीमाको दायरामा ल्याउन, बीमाको दायरा बढाउन, स्वस्थ प्रतिस्पर्धा गराउन प्राधिकरणले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘पुँजी [&hellip;]</p>


नेपाल धितोपत्र बोर्डका कार्यवाहक नवराज अधिकारीले अर्थतन्त्रमा बीमा क्षेत्रले ठूलो योगदान पुर्‍याएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा कार्यवाहक अध्यक्ष अधिकारीले वित्तीय स्थायीत्व कायम गर्न बीमा क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

‘४४ प्रतिशत जनसंख्या बीमाको दायरामा ल्याउन, बीमाको दायरा बढाउन, स्वस्थ प्रतिस्पर्धा गराउन प्राधिकरणले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘पुँजी बजारमा जीवन कम्पनीहरूले संस्थागत लगानीकर्ताको भूमिका खेल्न सक्छन्, बीमा कम्पनीलाई पुँजी बजारमा लगानी गर्न प्राधिकरणले खुला गरिदिनुपर्छ ।’

उनले लाभांश घोषणा गर्दा बीमा कम्पनीले ध्यान दिनुपर्ने र सेयर मूल्यलाई ख्याल गरी निर्णय गर्न आग्रह गरेका छन् ।

Share News