बम्पर लाभांश घोषणा गरेको सूर्यज्योतिको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

<p>काठमाडौं । बुधबारको सेयर बजारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । बम्पर लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर कारोबारमा उछाल आएको हो । कम्पनीले बुधबार मात्रै सेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसको सकारात्मक प्रभाव दोश्रो बजारमा देखिएको हो । बजारमा कम्पनीको २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । बम्पर लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर कारोबारमा उछाल आएको हो ।

कम्पनीले बुधबार मात्रै सेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसको सकारात्मक प्रभाव दोश्रो बजारमा देखिएको हो ।

बजारमा कम्पनीको २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो ।

कारोबार मात्रै नभई कम्पनीको सेयर मूल्य पनि बढेको छ । कम्पनीको सेयर मूल्य ६.७४ प्रतिशतले बढेर प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३२.७० रुपैयाँले बढी हो ।

यससँगै कम्पनीको घोषित लाभांशले लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएको बुझिने जानकारहरु बताउँछन् । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

समग्रमा बुधबारको बजार तीव्र उतारचढावकाबीच नेप्से परिसूचक ३.४३ अंंकले घटेर २००६.७८ बिन्दुमा बन्द भएको छ । सेयर कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबारको बजारमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा तीन लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १०, ९.९७ र ९.९१ प्रतिशतले बढेका छन् ।

बुधबार जीवन बीमा, लघुवित्त र म्यूचुअल फण्ड समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।

Share News