
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १०औं वार्षिक साधारण सभा मंगलबार आयोजना हुँदैछ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिनेछ ।
यस्तै सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।