एनआईएमबीमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा ठूलो लगानीकर्ता, यी हुन् १५ ठूला सेयरधनी

<p>काठमाडौं । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक मर्जरपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)मा १५ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । मर्जरपश्चात् पहिलो पटक सार्वजनिक तथ्याङ्क अनुसार ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरूको संख्या १५ वटा रहेका छन् । तर, साविक मेगा बैंकका ठूला सेयरधनी भने मर्जरपश्चात् अटाउन [&hellip;]</p>

काठमाडौं । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक मर्जरपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)मा १५ कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । मर्जरपश्चात् पहिलो पटक सार्वजनिक तथ्याङ्क अनुसार ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीहरूको संख्या १५ वटा रहेका छन् । तर, साविक मेगा बैंकका ठूला सेयरधनी भने मर्जरपश्चात् अटाउन सकेका छैनन् ।

बैंकका अनुसार सबैभन्दा धेरै सेयर स्वामित्व राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको बैंकमा ६.७३ प्रतिशत अर्थात् २ अर्ब २९ करोड ६७ लाख ७९ हजार ६९२ रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

यस्तै, महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको ३.९६ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १७ लाख ५६ हजार ७१५ रुपैयाँ, छाया इन्भेष्टमेन्टको ३.६८ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ६० लाख ६३ हजार ६८० रुपैयाँ, केयूपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ६२ लाख ४१ हजार ११३ रुपैयाँ, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ६४ लाख ३६ हजार ८१६ रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

यस्तै, नागरिक लगानी कोषको १.३२ प्रतिशत अर्थात् ४४ करोड ९६ लाख ३६ हजार ६४२ रुपैयाँ, अन्नपुर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार ४७५ रुपैयाँ, सूर्या इनोसिसको ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार २२३ रुपैयाँ, प्रेस्टाइन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत अर्थात् ०.७४ प्रतिशत अर्थात् २५ करोड ११ लाख ७० हजार २२३ रुपैयाँ सेयर स्वामित्व छ ।

यस्तै, कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत अर्थात् २३ करोड ९२ लाख ५२ हजार ९०७ रुपैयाँ, नोबेल इन्भेष्टमेन्टको ०.७० प्रतिशत अर्थात् २३ करोड ९२ लाख ५२ हजार ९०७ रुपैयाँ, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत अर्थात् २२ करोड १७ लाख ४७ हजार ७७९ रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको ०.६४ प्रतिशत अर्थात् २१ करोड ७९ लाख ५३ हजार ७२२ रुपैयाँ सेयर स्वामित्व छ ।

यस्तै, मर्केन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत अर्थात् १९ करोड ५८ लाख ८९ हजार ४२ रुपैयाँ, सीआईटी–सिटिजन युनिट स्किमको ०.५६ प्रतिशत अर्थात् १९ करोड २० लाख ६२ हजार १८८ रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

Share News