एक दर्जन लघुवित्तले लाभांश घोषणा गर्दा १९ वटाले नबाँड्ने, अझै ३१ संस्थाले डाकेनन् साधारणसभा

<p>काठमाडौं । पुँजी बजारमा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू सूचीकृत छन् । जसमध्ये हालसम्म ३१ वटा लघुवित्त संस्थाहरूले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका हुन् । ३१ वटा लघुवित्तहरूले लाभांश सम्बन्धि निर्णय गर्दा १२ वटा लघुवित्तले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् । आरएसडिसी, स्वावलम्बन, एनआईसी एशिया, सपोर्ट, धौलागिरी, फर्स्ट माइक्रोफाइनान्स, [&hellip;]</p>

काठमाडौं । पुँजी बजारमा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू सूचीकृत छन् । जसमध्ये हालसम्म ३१ वटा लघुवित्त संस्थाहरूले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका हुन् । ३१ वटा लघुवित्तहरूले लाभांश सम्बन्धि निर्णय गर्दा १२ वटा लघुवित्तले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

आरएसडिसी, स्वावलम्बन, एनआईसी एशिया, सपोर्ट, धौलागिरी, फर्स्ट माइक्रोफाइनान्स, साना किसान विकास, समता घरेलु, आत्मनिर्भर, ग्लोबल आइएमई, छिमेक र जीवन विकास लघुवित्तले गत वर्षको नाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेका हुन् ।

गत वर्षको नाफाबाट विभिन्न १९ वटा लघुवित्तले लाभांश नबाँड्ने निर्णय गरेका हुन् । युनिक लघुवित्त, लक्ष्मी, गणपति, उन्नति सहकार्य, सिवाईसी नेपाल, बिपिडब्लु, इन्फिनिटी, उपकार, फरवार्ड, लसामुदायिक, नाडेप, हिमालयन, गुराँस र ग्रामीण विकास लघुवित्तले लाभांश बिना नै साधारणसभा आह्वान गरेका छन् ।

सबैको लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, मेरोमाइक्राफाइनान्स लघुवित्त र नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने भनेर घोषणा गरेतापनि हालसम्म वार्षिक साधारणसभा आह्वान गरेको छैनन् । हालसम्म २४ वटा लघुवित्त संस्थाहरूले वार्षिक साधारणसभा आह्वान गरेका छन् । अझै ३१ वटा लघुवित्तले वार्षिक साधारण डाकेका छैनन् ।

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो । गत मंसिर १५ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ ।

यस्तै, स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ४ गते काठमाडौंमा सम्पन्न २२औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ ।

यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो । लघुवित्तको पुस ६ गते सम्पन्न छैठौँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ ।

यस्तै, सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले नवौं वार्षिक साधारणसभा पुस २७ गते सुनसरीमा बिहान साढे ९ बजे डाकेको छ ।

यस्तै, धौलागिरी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले १४औं वार्षिक साधारणसभा पुस २८ गते काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।

यस्तै, साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते भक्तपुरको बोडेमा बिहान ११ बजे आह्वान गरेको छ ।

यस्तै, समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यस्तै, आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले पाँचौं वार्षिक साधारणसभा पुस २८ गते दाङ्गको घोराहीमा बिहान ११ बजे डाकेको छ ।

यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले ११औं वार्षिक साधारणसभा पुस २९ गते लेकसाइड पोखरामा बिहान ९ बजे डाकेको छ ।

यस्तै, छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते मकवानपुर हेटौंडामा बिहान ११ बजे डाकेको छ ।

यस्तै, जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत र कर प्रयोजनसहित ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न लघुवित्तले पुस २९ गते केन्द्रय कार्यालय मोरङ्गमा बिहान साढे १० बजे पाँचौं वार्षिक साधारणसभा डाकेको छ ।

१९ लघुवित्तका सेयरधनीहरूको हात रित्तो

युनिक लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेपनि तीन महिनापछि उक्त लाभांश रद्द गरी साधारणसभा आह्वान गरेको हो । लघुवित्त सञ्चालक समितिको मंसिर ३० गते बसेको बैठकले पुस २४ गते पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

लक्ष्मी लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे अग्रवाल भवन कमलपोखरी काठमाडौंमा १२औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

गणपति लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे केन्द्रिय कार्यालय तनहुँमा सातौं वार्षिक साधारणसभा बोलाएको छ ।

उन्नति सहकार्य लघुवित्तको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले पुस २९ गते बिहान १० बजे रुपन्देही (भैरहवा)मा नवौं वार्षिक साधारणसभा डाकेको छ ।

सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे लेकसाइड पोखरामा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।

बिपिडब्लु लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २९ गते बिहान ११ बजे जावलाखेल ललितपुरमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।

इन्फिनिटी लघुवित्तको सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले पुस २८ गते बिहान १० बजे गैंडाकोट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)मा सातौं वार्षिक साधारणसभा बोलाएको छे ।

उपकार लघुवित्तको सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले पुस २८ गते बिहान १० बजे कोहलपुर बाँकेमा पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

फरवार्ड लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान ११ बजे दुहवी सुनसरीमा ११औं वार्षिक साधारणसभा डाकेको छ ।

सामुदायिक लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान ११ बजे काभ्रेपलाञ्चोकमा १०औं वार्षिक साधारणसभा बोलाएको हो ।

नाडेप लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले पुस २७ गते बिहान १० बजे काठमाडौंमा नवौं वार्षिक साधारणसभा बोलाएको हो ।

हिमालयन लघुवित्तको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते बिहान ११ बजे काठमाडौंमा १२औं वार्षिक साधारणसभा डाकेको हो ।

गुराँस लघुवित्तको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले पुस १८ गते बिहान ११ बजे बाँकेमा आठौं वार्षिक साधारणसभा बोलाएको हो ।

ग्रामीण विकास लघुवित्त सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर ३० गते बिहान ११ बजे आठौं वार्षिक साधारणसभा बोलाएको हो ।

Share News