काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा विभिन्न २० व्यक्तिको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २० व्यक्तिको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।
बैंकमा सबैभन्दा ठूला सेयरधनी विश्वास गौचन हुन् । गौचनको बैंकमा १.९६ प्रतिशत अर्थात् ६ लाख ४० हजार ९०९.५४ कित्ता सेयर स्वामित्व छ । यस्तै, राजेश नारायण श्रेष्ठको १.७८ प्रतिशत अर्थात् ५ लाख ८२ हजार ५७.९३ कित्ता, उज्ज्वल सत्यालको १.५२ प्रतिशत अर्थात् ४ लाख ९५ हजार ८१८.१६ कित्ता, शोभा मिश्रको १.०८ प्रतिशत अर्थात् ३ लाख ५३ हजार ३७२.१५ कित्ता सेयर स्वामितव रहेको छ ।
यस्तै, ज्योति शेरचन गौचनको ०.९३ प्रतिशत अर्थात् ३ लाख ४ हजार ३९८.६४ कित्ता, अच्युत प्रसाद प्रसाईंको ०.९२ प्रतिशत अर्थात् ३ लाख १ हजार १२.९२ कित्ता, रमेश कुमार काण्डुको ०.८६ प्रतिशत अर्थात् २ लाख ८१ हजार ७७२.१२ कित्ता, माधव प्रसाद मैनालीको ०.८५ प्रतिशत अर्थात् २ लाख ७९ हजार ३१८.७४ कित्ता, राजेश कुमार श्रेष्ठको ०.८१ प्रतिशत अर्थात् २ लाख ६३ हजार ९६६.९३ कित्ता सेयर स्वामित्व छ ।
यस्तै, डा.रवीन्द्र प्रसाद श्रेष्ठको ०.८० प्रतिशत अर्थात् २ लाख ६० हजार ६९९.६९ कित्ता, राजेन्द्र प्रसाद पौडेलको ०.७३ प्रतिशत अर्थात् २ लाख ३७ हजार ५७५.९५ कित्ता, गंगा प्रसाद गुरुङको ०.७० प्रतिशत अर्थात् २ लाख २७ हजार ३३३.४७ कित्ता, केशव प्रसाद प्रसाईंको ०.६९ प्रतिशत अर्थात् २ लाख २४ हजार ९९८.९७ कित्ता, अम्बि रत्न शाक्यको ०.६८ प्रतिशत अर्थात् २ लाख २१ हजार १०.९८ कित्ता सेयर स्वामित्व छ ।
यस्तै, सिकन्दर गौचनको ०.६२ प्रतिशत अर्थात् २ लाख २ हजार ३६६.०९ कित्ता, श्रीरमण खनालको ०.५८ प्रतिशत अर्थात् १ लाख ८८ हजार ४३१.४२ कित्ता, बद्रि लाल मल्लको ०.५७ प्रतिशत अर्थात् १ लाख ८५ हजार ६००.१९ कित्ता, शकुन्तला प्रसाईंको ०.५६ प्रतिशत अर्थात् १ लाख ८३ हजार २८५.५६ कित्ता, पबित्र लाल चुकेको ०.५५ प्रतिशत अर्थात् १ लाख ७९ हजार १२.५७ कित्ता र केशव बोहराको ०.५४ प्रतिशत अर्थात् १ लाख ७५ हजार २८९.५५ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।
बैंकमा संस्थापक समूहको ५१ प्रतिशत सेयर स्वामित्व छ भने सर्वसाधारण समूहको ४९ प्रतिशत छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् १६ करोड ३३ लाख ७९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेकाले चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार रुपैयाँ पुग्नेछ ।