सजिलो ब्रोकरले सुरु गर्यो कारोबार

<p>काठमाडौं । सजिलो ब्रोकरको कारोबार शुभारम्भ भएको छ । ललितपुरको झम्सिखेल स्थित प्रधान कार्यालय रहेको सजिलो ब्रोकर (ब्रोकर नम्बरः ९०) को कारोबारको सोमबारबाट विधिवत् रुपमा सुरुवात भएको हो । पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा सेयर खरिद गरी कारोबार सुरुवात गरीएको थियो । जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत [&hellip;]</p>

काठमाडौं । सजिलो ब्रोकरको कारोबार शुभारम्भ भएको छ । ललितपुरको झम्सिखेल स्थित प्रधान कार्यालय रहेको सजिलो ब्रोकर (ब्रोकर नम्बरः ९०) को कारोबारको सोमबारबाट विधिवत् रुपमा सुरुवात भएको हो ।

पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा सेयर खरिद गरी कारोबार सुरुवात गरीएको थियो । जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ । निहिरा बज्राचार्यको नाममा किनिएको कुमारी बैङ्कको सेयर खरिद गरी सामाजिक उत्तरदायित्व अन्तर्गत भेटी स्वरुप चढाईएको कम्पनीले जनाएको छ ।

कारोबार सुरु गर्ने अन्य कुमारीहरुमा सेयरीका श्रेष्ठ, विधि महर्जन, समय महर्जन र सभ्यता पोख्रेल रहेका छन् ।

खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । यहि क्रममा सजिलो ब्रोकर पनि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । ।

Share News