
काठमाडौं । नेपाल सरकारले चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको उनले बताइन् ।
मन्त्री शर्माका अनुसार प्राविधिक रुपमा समय लागेपनि टिकटक बन्द गर्ने काम तत्काल अगाडि बढाउने बताइन् ।
भारत, अष्ट्रेलिया, बेल्जियम क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्कलगायतका देशहरुमा पनि टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको छ भने अमेरिका सहित केही मुलुकहरुमा छलफलको विषय बनिरहेको छ ।