यी हुन् सिद्धार्थ बैंकका ३३ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

<p>काठमाडौं । सिद्धार्थ बैंकमा विभिन्न ३३ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३३ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा ठूलो सेयरधनी प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.२३ प्रतिशत अर्थात् ४५ करोड ५३ लाख २३ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकमा विभिन्न ३३ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३३ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।

बैंकमा सबैभन्दा ठूलो सेयरधनी प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.२३ प्रतिशत अर्थात् ४५ करोड ५३ लाख २३ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात् ४१ करोड ५७ लाख ३२ हजार रुपैयाँ, रतनलाल कोडियाको २.४८ प्रतिशत अर्थात् ३४ करोड ९७ लाख ७० हजार रुपैयाँ, सविता केडियाको १.९२ प्रतिशत अर्थात् २७ करोड १२ लाख ९ हजार रुपैयाँ, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत अर्थात् २५ करोड ५१ लाख ३० हजार रुपैयाँ र पवन कुमार अग्रवालको १.७६ प्रतिशत अर्थात् २४ करोड ८४ लाख ९ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, सुवोध तोदीको १.५५ प्रतिशत अर्थात् २१ करोड ८३ लाख ६९ हजार रुपैयाँ, अशोक कुमार बाहेटीको १.४९ प्रतिशत अर्थात् २० करोड ९४ लाख ६८ हजार रुपैयाँ, नरपत सिंह जैनको १.४५ प्रतिशत अर्थात् २० करोड ५० लाख ६ हजार रुपैयाँ, दिनानथ केडियाको १.४१ प्रतिशत अर्थात् १९ करोड ८१ लख ५९ हजार रुपैयाँ, आदित्य केडियाको १.३९ प्रतिशत अर्थात् १९ करोड ६० लाख २४ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, महावीर इन्भेष्टमेन्ट प्रा.लि.को १.३७ प्रतिशत अर्थात् १९ करोड २७ लाख ९९ हजार रुपैयाँ, तुसार तोदीको १.२८ प्रतिशत अर्थात् १८ करोड १ लाख ७१ हजार रुपैयाँ, सुरेश कुमार रुंङगटाको १.२१ प्रतिशत अर्थात् १७ करोड ३ लाख ९२ हजार रुपैयाँ,.मदन लाल केडियाको १.०८ प्रतिशत अर्थात् १५ करोड २३ लाख रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, विरेन्द्र कुमार शाहको ०.९९ प्रतिशत अर्थात् १३ करोड ९१ लख ५५ हजार रुपैयाँ, पूनम चन्द अग्रवालको ०.९७ प्रतिशत अर्थात् १३ करोड ६४ लाख ५५ हजार रुपैयाँ, विनोद कुमार अग्रवालको ०.९४ प्रतिशत अर्थात् १३ करोड १७ लाख ५३ हजार रुपैयाँ, राजेश कुमार केडियाको ०.८८ प्रतिशत अर्थात् १२ करोड ३७ लाख ६४ हजार रुपैयाँ, भरत कुमार तोदीको ०.८७ प्रतिशत अर्थात् १२ करोड ३० लाख १६ हजार रुपैयाँ र राज कुमार टिब्रेवालाको ०.८१ प्रतिशत अर्थात् ११ करोड ३६ लाख ६४ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, विनय कुमार शाहको ०.७७ प्रतिशत अर्थात् १० करोड ८१ लख ५३ हजार रुपैयाँ, राजेन्द्र कुमार अग्रवालको ०.७६ प्रतिशत अर्थात् १० करोड ७१ लख १३ हजार रुपैयाँ, श्याम कुमार अग्रवालको ०.७५ प्रतिशत अर्थात् १० करोड ५३ लाख १६ हजार रुपैयाँ, सुरेश कुमार केडियाको ०.७२ प्रतिशत अर्थात् १० करोड १२ लाख ३० हजार रुपैयाँ, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत अर्थात् ९ करोड ५० लाख १२ हजार रुपैयाँ, विमल कुमार केडियाको ०.६६ प्रतिशत अर्थात् ९ करोड २६ लाख ३५ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, शशि कला अग्रवालको ०.६३ प्रतिशत अर्थात् ८ करोड ९२ लाख ९८ हजार रुपैयाँ, मनिष जैनको ०.६३ प्रतिशत अर्थात् ८ करोड ८९ लाख ९७ हजार रुपैयाँ, जगदिश कुमार अग्रवालको ०.६१ प्रतिशत अर्थात् ८ करोड ६४ लाख ५१ हजार रुपैयाँ, शम्भु कुमार कन्दोइको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३२ लाख ८८ हजार रुपैयाँ, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् ८ करोड २९ लाख ६३ हजार रुपैयाँ र सरोज शर्माको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ४८ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

गत असारसम्म बैंकमा ६९ हजार १५१ सेयरधनीहरुको सेयर स्वामित्व रहेको छ । जसमध्ये संस्थापकतर्फ संस्थागत ८ र ब्यक्तिगत २७० गरी २७८ रहेका छन् । यस्तै, सर्वसाधारणतर्फ ३८७ संस्थागत र ६८ हजार ४८६ ब्यक्तिगत गरी ६८ हजार ८७३ सर्वसाधारण सेयरधनी रहेका छन् ।

बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ४९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहको रहेको छ ।

Share News