दुर्गा प्रसाईंले ऋण लिएकै बैंकको खराब कर्जा बढ्यो, साँवा ब्याज नतिरेर सञ्जालमा उग्र

<p>काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा उग्र र उश्रृङ्खल स्वभाव देखाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले असारमा पनि बैंकहरुको किस्ता नतिरेको बुझिएको छ । विवादित व्यवसायी प्रसाईंले बैंकको साँवा ब्याज नतिरेर सामाजिक सञ्जालमा उग्र स्वभाव देखाइरहेका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाविरुद्दका अभिव्यक्ति दिइरहेका उनी अहिले प्रमुख राजनीतिक दलका नेतृत्व र विभिन्न व्यवसायीहरुमाथिका माथि खनिएका छन् [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा उग्र र उश्रृङ्खल स्वभाव देखाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले असारमा पनि बैंकहरुको किस्ता नतिरेको बुझिएको छ । विवादित व्यवसायी प्रसाईंले बैंकको साँवा ब्याज नतिरेर सामाजिक सञ्जालमा उग्र स्वभाव देखाइरहेका छन् ।

यसअघि बैंक तथा वित्तीय संस्थाविरुद्दका अभिव्यक्ति दिइरहेका उनी अहिले प्रमुख राजनीतिक दलका नेतृत्व र विभिन्न व्यवसायीहरुमाथिका माथि खनिएका छन् । बैंकको ऋण नतिरेर उनी बैंकविरुद्द मुद्दा हालेर ऋण बिर्सेका छन् ।

उनले असारमा बैंककाे किस्ता पनि नतिरेको एक बैंकका नायब प्रमुख कार्यकारी अधिृकतले बताए । ती बैंकरका अनुसार उनले बैंकको ऋण नै नतिर्ने भनेर बैंक विरद्द नै मुद्दा हालेका छन् ।

बैंकर भने उनले लिएको ऋणको ब्याज बढ्दै गएको बताउँछन् । ‘हामीले हिसाब गरिरहेका छौं, हामीले पनि खल्तिबाट पैसा दिने होइन, त्यो पैसा सर्वसाधारणकै हो, उनले लिएको ऋण तिर्दिनँ भन्न मिल्दैन, उनले मुद्दा हालेकोले अहिले धितो लिलामको प्रक्रियामा समस्या भइरहेको छ, नभए अहिलेसम्म बैंकहरु उनको धितो लिलामी प्रक्रियामा गइसक्थे,’ ती बैंकरले भने ।

बैंक भनेको सर्वसाधारणकै पैसा हो । उद्योगी व्यवसायीहरुले तिनै सर्वसाधारणको पैसालाई ऋणको रुपमा बैंकबाट लिन्छन् । सो पैसा तिरेन भने समग्र प्रणालीलाई नै असर पर्न जान्छ ।

प्रसाईंले झापास्थित बिएन्डसी हस्पिटल, क्यान्सर हस्पिटल र इलाममा खोल्ने भनिएको होटलका लागि बैंकहरूबाट कर्जा लिएका छन् । अस्पतालहरूका लागि साढे चार अर्बभन्दा बढी र होटलका लागि ६५ करोड रूपैयाँभन्दा धेरै ऋण उनले लिएका छन् ।

बैंकहरुका अनुसार उनले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएका छन् ।

सर्वसाधारणलाई उस्काएर बैंकको ऋण नतिर्ने र बैंकरलाई कालोमोसो दल्ने अभियान चलाइरहेका प्रसाईंले सञ्जालमा तथानाम बोलेर केहीको विश्वास जित्ने रणनीति बनाइरहेका छन् ।

एक बैंकको स्रोतका अनुसार नेपाल राष्ट्र बैंकले ऋणीको ऋणलाई रिसेडुअल गर्ने व्यवस्था गरेसँगै उनले पनि बैंकरसँग बसेर सो व्यवस्था आफुलाई पनि दिन भन्ने आग्रह गरेका छन् । उनले बैंकरसँग बसेर सो विषयमा छलफल गर्नका लागि पत्र नै पठाएको एक बैंकरको भनाइ छ ।

खराब कर्जा पनि बढ्यो

विवादित व्यवसायी प्रसाईंले ऋण लिएर सावाँ ब्याज नतिरेको बैंक तथा वित्तीय संस्थाकै अहिले खराब कर्जा बढेको छ । अहिले खराब कर्जा बढ्नेमा उनले ऋण लिएका बैंकहरु देखिएका छन् । उनले ग्लोबल आइएमई बैंकबाट ऋण लिएका छन् । सो बैंकको खराब कर्जा हाल ४.३८ प्रतिशत छ । गत आवको सोही अवधिमा सो बैंकको खराब कर्जा २.१ प्रतिशत मात्रै थियो ।

यस्तै, कुमारी बैंकबाट उनले एक अर्ब ऋण लिएर सावाँ ब्याज तिरेका छैनन् । सो बैंकको पनि अहिले खराब कर्जा बढेको छ । सो बैंकको खराब कर्जा बढेर ४.८९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा १.२८ प्रतिशत मात्रै थियो । प्रसाईंलाई दिएको ऋणले कुमारी बैंकले ठूलो झमेला ब्यहोर्नु परेको छ ।

यस्तै, प्रसाईंले प्रभु बैंकबाट पनि एक अर्ब नै ऋण लिएका छन् तर ब्याज भने बढिसकेको छ । उनले ऋण लिएको प्रभु बैंकको खराब कर्जा पनि अहिले ३.९७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा १.६८ प्रतिशत थियो ।

नबिल बैंकको खराब कर्जा पनि अहिले ३.६९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा नबिलको खराब कर्जा २.३३ प्रतिशत थियो भने उनले ऋण लिएको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा पनि ३.६२ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भने बढेर ४.८३ प्रतिशत खराब कर्जा पुगेको छ सो बैंकबाट प्रसाईंले ६५ करोड रुपैयाँ ऋण लिएका छन् । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा १.५७ प्रतिशत मात्रै थियो ।

यस्तै, उनले ऋण लिएको लुम्बिनी विकास बैंकको खराब कर्जा पहिलो त्रैमासमा ३.४७६ पुगेको छ भने गुडविल फाइनान्सको पनि ३.९७ प्रतिशत पुगेको छ ।

Share News