सहकारी डुबाएका पाठक अन्ततः राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षबाट पनि हटाइए

<p>काठमाडौं । अन्ततः राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बलराम पाठकलाई पदमुक्त गरिएको छ । सहकारीका बचतकर्ताको बचत अपचलनको आरोप लागेका उनलाई सरकारी बैंकको अध्यक्ष बनाएर बैंकमा पनि आफुखुसी निर्णय गरेकाे विषयमा विकासन्युजले बारम्बार प्रश्न उठाएपछि उनी अन्ततः बैंकको अध्यक्षबाट हटाइएका हुन् । बैंकका स्रोतका अनुसार सञ्चार माध्यम तथा सार्वजनिक रुपमा उनीमाथि प्रश्न उठेपछि बैंकको सञ्चालक समितको [&hellip;]</p>

काठमाडौं । अन्ततः राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बलराम पाठकलाई पदमुक्त गरिएको छ । सहकारीका बचतकर्ताको बचत अपचलनको आरोप लागेका उनलाई सरकारी बैंकको अध्यक्ष बनाएर बैंकमा पनि आफुखुसी निर्णय गरेकाे विषयमा विकासन्युजले बारम्बार प्रश्न उठाएपछि उनी अन्ततः बैंकको अध्यक्षबाट हटाइएका हुन् ।

बैंकका स्रोतका अनुसार सञ्चार माध्यम तथा सार्वजनिक रुपमा उनीमाथि प्रश्न उठेपछि बैंकको सञ्चालक समितको बैठकले उनलाई अध्यक्षको रुपमा हटाइएको हो । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई हटाइएको बैंक स्रोतको भनाइ छ । उनलाई बैंकको अध्यक्षबाट हटाएर सञ्चालक मात्रै बनाइएको छ भने बैंकको अध्यक्ष बाबुराम सुवेदी बनेका हुन् ।

उनले बैंकमा पनि आफुखुसी निर्णय गर्ने गरेको पनि बैंक स्रोतको दावी छ । उनी ललितपुरमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् । उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालेका थिए ।

उनले हाल सहकारीमा विकास थापालाई कार्यवाहक अध्यक्ष बनाएका छन् । सहकारीका बचतकर्ताको रकम घरजग्गामा लगानी गरेर उनले सहकारीका लगानीकर्ताको रकम दुरुपयोग गरेका छन् । अहिले घरजग्गा क्षेत्रमा एक किसिमको मन्दी सिर्जना हुँदा सो सहकारीको रकम घरजग्गामा डुबेको हो ।

उनी विरुद्द विभिन्न ठाउँमा बचतकर्ताले उजुरी दिएका छन् । सहकारीका बचतकर्ताले बचत फिर्ताका लागि पहल गरिदिन विभिन्न निकायहरुमा धाइरहेका छन् ।

सम्बन्धित सामग्री: 

सहकारी डुबाएर सरकारी बैंकको अध्यक्ष, स्वामित्व बिनै नेतृत्वको लाभ 

संकटमा परेको गतिशील सहकारीसँग १० जिल्लाको ९२ ठाउँमा जग्गा, सञ्चालकहरु नै अवैध ! 

गतिशील सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग, बचतकर्ताले एक वर्षदेखि पाएनन् पैसा  

गतिशील सहकारीले बचतकर्ताको ५ हजार पनि फिर्ता गर्न सकेन, ८६ रोपनी जग्गा बेच्दै  

सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व 

Share News