गभर्नर अधिकारीद्वारा बीएन पोडकाष्ट उद्घाटन, आर्थिक विषयमा रोमाञ्चक प्रस्तुति

<p>काठमाडौं । विकास मिडियाको नयाँ प्रस्तुति बीएन पोडकाष्टको शुभारम्भ भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीएन पोडकाष्टको लोगो अनावरण गर्दै पहिलो पोडकाष्ट रेकर्ड गराएका छन् । सवा दुई घण्टा लामो पोडकाष्टमा गभर्नर अधिकारीले समसामयिक विषयमा गम्भीर विचार राखेका छन् । माइतीघरबाट दिने दबाबका भरमा नीति निर्माण गर्न नहुने उनको भनाई छ [&hellip;]</p>

काठमाडौं । विकास मिडियाको नयाँ प्रस्तुति बीएन पोडकाष्टको शुभारम्भ भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीएन पोडकाष्टको लोगो अनावरण गर्दै पहिलो पोडकाष्ट रेकर्ड गराएका छन् ।

सवा दुई घण्टा लामो पोडकाष्टमा गभर्नर अधिकारीले समसामयिक विषयमा गम्भीर विचार राखेका छन् । माइतीघरबाट दिने दबाबका भरमा नीति निर्माण गर्न नहुने उनको भनाई छ ।

वाह्या दबाबमा निर्णय लिँदा नेपाल राष्ट्र बैंकले पनि मूल्य चुकाउनु परेको अनुभव उनले पोडकास्टमा सुनाएका छन् ।

गभर्नर अधिकारीले खोटाङमा बिताएको बाक्यकाल, शिक्षण र अडिट पेशा समाल्दै गभर्नर हुँदासम्मका धेरै अनुभवहरु सुनाएका छन् ।
गर्भनर अधिकारीले सेयर बजार, घरजग्गा र अटोबजार बारेमा खुलेर कुरा गरेका छन् । सेयरमा भएको आफ्नो लगानीबारे पनि गभर्नरले उल्लेख गरेका छन् ।

गभर्नर अधिकारीको विवाह, छोराछोरी, महत्वपूर्ण पदमा रहेका आफन्त, निजी सम्पत्तिबारे भएको रोचक कुराकानीको भिडियो बीएन पोडकाष्टमा हेर्न र सुन्न सकिन्छ ।

पोडकाष्टमा गभर्नर अधिकारीको स्वरमा ‘बल गरेरे त्यो मन यता मोड भन्दिन म, माया गर्छौ थाहा छ मलाई छोड भन्दिन म …’ गीत पनि सुन्न पाइने छ । यो गीत गायक स्वरुप राज आचार्यले गाएका हुन् । तनाबबाट मुक्त हुन गीत गुनगुनाउने, खेल खेल्ने, टिभीमा खेल हेर्ने गरेको उनले सुनाएका छन् ।

अधिकारी डेपुटी गभर्नर हुँदा एच एण्ड बी डेभलपमेन्ट बैंकमा ठगी गर्ने गिरोह गरेको आक्रमण प्रयासदेखि गभर्नर पदबाट निलम्बनमा पर्दाको अनुभव सहित विविध विषयमा विएन पोडकाष्टमा लामो कुराकानी भएको छ ।

नेपाल बस्न लायक देश हो कि होइन ? नेपालबाट युवा किन विदेश पलायन भैरहेका छन् ? अष्ट्रेलिया पढ्दै गरेका गभर्नरका छोरा के नेपाल फर्केन्छन् ? नेपाल किन विकसित भएन ? लगायत अत्यन्तै गम्भीर विषयहरुमा गभर्नर अधिकारी बीएन पोडकाष्टमा बोलेका छन् ।


गभर्नर अधिकारीले विकासन्युजले आर्थिक विषयमा सर्वसाधारणको रुची हुने गरी मनोरञ्जन मूलक प्रस्तुतीमा बीएन पोडकाष्ट शुरु गर्नु राम्रो काम भएकोले यसको निरन्तरता र सफलताको कामना गरेका छन् । बीएन पोडकाष्टको प्रस्तोता विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पौडेल रहेका छन् ।बीएन पोडकाष्ट विकासन्युजको यूट्युव च्यानलमा छिट्टै पोस्ट गर्ने तयारी रहेको विकास मिडियाले जनाएको छ ।

Share News