यी हुन् एनआईसी एशिया बैंकका २६ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

<p>काठमाडौं । एनआईसी एशिया बैंकमा २६ जना सेयरधनीहरुको सबैभन्दा सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व अशोक कुमार अग्रवालको ६.१८ प्रतिशत रहेको छ । यस्तै, त्रिलोक चन्द अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकमा २६ जना सेयरधनीहरुको सबैभन्दा सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।

बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व अशोक कुमार अग्रवालको ६.१८ प्रतिशत रहेको छ । यस्तै, त्रिलोक चन्द अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत र अनुज अग्रवालको ३.०१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत, विरेन्द्र कुमार संघईको २ प्रतिशत, अक्षय गोल्यानको १.९४ प्रतिशत, गोविन्दलाल संघई १.९२ प्रतिशत, तुलसीराम अग्रवाल १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत र निकुञ्ज अग्रवालको १.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै, नेपाल लाईफ इन्स्योरेन्सको १.१० प्रतिशत, वासुदेव गोल्यानको ०.९८ प्रतिशत, उषा अग्रवालको ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवालको ०.९० प्रतिशत, कविता संघइको ०.८५ प्रतिशत, अर्पित अग्रवालको ०.७७ प्रतिशत, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको ०.७० प्रतिशत, विशाल अग्रवालको ०.६२ प्रतिशत, शक्ति कुमार गोल्यान ०.६२ प्रतिशत, अनन्त कुमार गोल्यान ०.६२ प्रतिशत र दिवाकर गोल्छाको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।

बैंकमा संस्थाहरुको सेयर स्वामित्व ६.९३ प्रतिशत रहेको छ भने सर्वसाधारणको ९३.०७ प्रतिशत स्वामित्व रहेको छ ।

Share News