बैंकले एउटै प्रकृतिका कर्जाको ब्याजअन्तर २ प्रतिशतभन्दा बढी लिन नपाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले एउटै प्रकृतिका कर्जाको ब्याज अन्तर २ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले एउटै प्रकृतिका कर्जाको ब्याज अन्तर २ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरेको हो ।

यस्तै, राष्ट्र बैंकले कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रयमास सम्ममा सीमाभित्र ल्याउनु पर्ने व्यवस्था गरेको छ । सो समयभित्र ब्याजदर अन्तर सीमामा नल्याएको अवस्थामा ब्याजदर अन्तरको सीमा उल्लङ्घन गर्ने संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारवाही गरिने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले “क” वर्गका इजाजतपत्रप्राप्त संस्था तथा “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा नलाग्ने व्यवस्था पनि गरेको छ ।

Share News