मःममा साङ्ला भेटिएपछि महानगरले लाजिम्पाटको एक रेष्टुरेन्टमा लगायो ताला

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा ताला लगाएको छ । उक्त रेष्टुरेन्टको मःममा साङ्ला भेटिएपछि महानगरले उक्त रेष्टुरेन्टमा ताला लगाएको हो । ग्राहकबाट आएको उजुरीको आधारमा महानगरको टोलीले अनुगमन गर्दा मःममा साङ्ला भेटिएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोलीले अनुगमन गर्दा भान्सा अस्वस्थ ढंगले चलाइएको र [&hellip;]</p>

तस्वीरः सामाजिक सञ्जाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा ताला लगाएको छ । उक्त रेष्टुरेन्टको मःममा साङ्ला भेटिएपछि महानगरले उक्त रेष्टुरेन्टमा ताला लगाएको हो ।

ग्राहकबाट आएको उजुरीको आधारमा महानगरको टोलीले अनुगमन गर्दा मःममा साङ्ला भेटिएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोलीले अनुगमन गर्दा भान्सा अस्वस्थ ढंगले चलाइएको र भान्छामा साङ्ला तथा फोहोर देखिएपछि ताला लगाइएको बताइएको छ ।

यससँगै उक्त रेष्टुरेन्टलाई जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा भने हालसम्म टुंगो लागेको छैन । यसविषयमा महानगरको प्राविधिक टोलीले अध्ययर गरेपछि मात्रै टुंगो लाग्ने महानगर स्रोतले बतायो ।

Share News