
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो ।
समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताए । सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका शहरहरुमा अनुगमन गर्ने उल्लेख गरे । उनले काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने बताए । उनले अनुगमन उपसमितिले सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताए ।
उनले भने- ‘समितिले चाडपर्व लक्षित अनुगमन गर्छ । बजार अनगमन नेपाल सरकारका सम्बन्धित निकायहरु, केन्द्रिय, प्रदेश र स्थानिय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरिक्षण गरी जानकारी लिने । समितिले विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको छ । जसमा उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगन्ज लगायतका शहरहरुमा अनुगमन गर्ने छ । काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने छ । सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल गर्नेछ । जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा अनुगमन गरिनेछ । चाडपर्व लक्षित मुल्य वृद्धि,कालोबजारी,मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने छ । अनुगमनको शुरुवात धनगढीबाट शुरु गरिनेछ ।’
उनले चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताए ।