
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने सडक पुर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विभिन्न ७ कम्पनीलाई ठेक्का स्वीकृत गरेको छ । महानगरपालिकाले विष्णुमति करिडोर लगायतका संरचना निर्माण कार्यका लागि ७ कम्पनीको बोलपत्र स्वीकृत गरेको जनाएको छ ।
महानगरपालिका सार्वजनिक निर्माण विभागले निर्माण कार्यका लागि विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । सोही बमोजिम रीतपूर्वक पर्न आएका बोलपत्रहरूमध्ये न्यूनतम मूल्य भएका कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत रहेर स्वीकृत गरेको महानगरपालिले बताएको छ ।
महानगरपालिका अनुसार सिजन एण्ड सिवानी कन्स्ट्रक्सन, धर्ती आकाश निर्माण सेवा, आई एण्ड जी कन्स्ट्रक्सन प्रा.लि., जयश्री महालक्ष्मी मल्टिपर्पाेज कम्पनी प्रा.लि., माउन्टेन बङ्गलामुखी जे.भी., पशुपतिनाथ कन्स्ट्रक्सन र जे.के.शाह कन्स्ट्रक्सन कम्पनीले ठेक्का प्राप्त गरेका हुन् । 