नेपाल-पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा विदा

<p>काठमाडौं । नेपाल र पाकिस्तानबीचको एसिया कप प्रतियोगिता हेर्नका लागि जनकपुरधाम उप-महानगरपालिकाले  विद्यालयहरु विदा दिएको छ । आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको  हो । भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै उपमहानगरले [&hellip;]</p>

काठमाडौं । नेपाल र पाकिस्तानबीचको एसिया कप प्रतियोगिता हेर्नका लागि जनकपुरधाम उप-महानगरपालिकाले  विद्यालयहरु विदा दिएको छ ।

आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको  हो ।

भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै उपमहानगरले आज नेपालले पाकिस्तासँग एशिया कपको पहिलो खेल खेल्न लागेकोले टिमको हौसला बढाउन विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउन २:०० बजे पछि कुनै पनि कक्षा संचालन नगरी विदा गर् विद्यालयहरुलाई निर्देशन दिएको छ ।

पहिलो पटक एशिया कप खेल्न लागेको नेपाली टोली आज दिउँसो ३ बजेपछि पाकिस्तानसँग पहिलो खेल खेल्दै छ ।

Share News