काठमाडौं । साउन एक महिनामा दुई लघुबीमा कम्पनीले २५ वटा बीमा पोलिसी बिक्री गरेका छन् । हालै निर्जीवन लघुबीमा व्यवसाय गर्दै आएका नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो महिनामा कूल २५ वटा बीमालेख बिक्री गरेका हुन् ।
जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले १७ वटा र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८ वटा बीमा पोलिसी बीमितहरुलाई बिक्री गरेका छन् ।
समीक्षा अवधिमा दुई कम्पनीले कूल ९५ हजार प्रिमियम संकलन गरेका छन् । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार बीमाशुल्क संकलन गरेको छ । जुन प्रोटेक्टिभ माइक्रोको तुलनामा बढी हो । प्राटेक्टिभ माइक्रोले भने समीक्षा अवधिमा ३२ हजार प्रिमियम उठाएको छ ।