नरैनापुर गाँउपालिकाले सम्पन्न गर्यो पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी

<p>नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न भएको हो । बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आर्थिक [&hellip;]</p>

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आर्थिक वर्षमा आ-आफ्नो वडामा गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिए ।

समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तोसुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिए ।

गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सूचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाँउपालिकालाई नमुना स्वास्थ्य गाँउपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Share News