काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरका प्रमुख बालेन शाहको रिट खारेज गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध अदालत पुगेका काठमाडौं महानगरका प्रमुख शाहको रिट खारेज गरेको हो ।
मेयर शाहले त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाईएको तारबार हटाएपछि प्राधिकरणले ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो । प्राधिकरणको सो निर्णय कार्यान्वयन नगर्न माग गर्दै मेयर शाह उच्च अदालत पुगेका थिए ।
उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको बुधबार बसेको संयुक्त इजलासले मेयर शाहको रिट खारेज गर्दै जरिवाना तिराउन भनेको हो ।