महानगर क्षेत्रका उद्यमीलाई कर रकममा ४० प्रतिशत छुट

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमीलाई रकममा भारी छुट दिने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । महानगरपालिका आर्थिक ऐन–२०८०मा ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा ४० प्रतिशत छुट दिने व्यवस्था रहेको महानगरले [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमीलाई रकममा भारी छुट दिने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

महानगरपालिका आर्थिक ऐन–२०८०मा ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा ४० प्रतिशत छुट दिने व्यवस्था रहेको महानगरले जनाएको छ।

समयमै कर तिरेर छुट लाभ लिन पनि महानगरले आग्रह गरेको छ।

Share News