उद्योगी व्यवसायीले सकसपूर्ण भनिरहेको अर्थतन्त्रको वास्तविक अवस्था यस्तो छ

<p>काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको आर्थिक अवस्था सार्वजनिक गरेको छ । उद्योगी व्यवसयीहरुले अर्थतन्त्र समस्यामा परेको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले भने सन्तोषजनक अवस्थामा रहेको अर्थतन्त्रका सूचकहरु सार्वजनिक गरेको हो । असारसम्मको तथ्यांक अनुसार मूल्यवृद्धि बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको १२ महिनामा [&hellip;]</p>

काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको आर्थिक अवस्था सार्वजनिक गरेको छ । उद्योगी व्यवसयीहरुले अर्थतन्त्र समस्यामा परेको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला राष्ट्र बैंकले भने सन्तोषजनक अवस्थामा रहेको अर्थतन्त्रका सूचकहरु सार्वजनिक गरेको हो । असारसम्मको तथ्यांक अनुसार मूल्यवृद्धि बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको १२ महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत कायम भएको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।

साढे १५ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

गत आर्थिक वर्ष २०८० असार मसान्तमा विदेशी मुद्राको सञ्चिति पौने १५ खर्ब रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तसम्म कुल १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई.१ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।

आयात र निर्यात घट्यो

गत आर्थिक वर्ष आयातसँगै निर्यातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षको अबधिमा निर्यातमा २१.४ प्रतिशत र आयातमा १६.१ प्रतिशतले कमी आएको हो ।

एक वर्षको अबधिमा नेपालले १ खर्ब ५७ अर्ब १४ करोड बराबरको निर्यात गरेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ ।

शोधान्तर स्थिती २ खर्ब ९० अर्ब बचतमा

गत आर्थिक वर्ष २०७९/८० मा वर्षमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँ बचतमा छ । गत असारसम्म २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोड रुपैयाँले बचतमा छ ।

यस्तै, गत वर्ष चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको देखिएको छ । अघिल्लो वर्ष चालु खाता ६२३ अर्ब ३८ करोड रुपैयाँ घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाख रुपैयाँले घाटामा रहेको छ ।

सरकारको खर्च पनि बढ्यो

आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको कुल खर्च १२ खर्ब ९६ अर्ब २४ करोड रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा यस्तो खर्च १४ खर्ब २९ अर्ब ५६ करोड रहेको छ । जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः १० खर्ब ५ अर्ब ७६ करोड, २ खर्ब ३३ अर्ब ७० करोड र १ खर्ब ९० अर्ब ११ करोड रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब ५७ अर्ब १५ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रहेको थियो ।

Share News