काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा खुकुलो नीति अघि सारेको छ । राष्ट्र बैंकले चालूआर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै एकैपटक ६० हजार डलरको वस्तु आयात गर्न सकिने नीति अघि सारेको हो । यसअघि ५० हजार डलरको सीमा थियो ।
यसअघि विदेशी मुद्राको सञ्चितिमा कमि आउँदा राष्ट्र बैंकले आयातमा कडाइ गरेको थियो । एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको प्रतितप पत्र (एलसी) खोल्न नपाउने व्यवस्था गरेको थियो । अहिले विदेशी मुद्राको सञ्चिति प्रयाप्त हुँदा यो सीमा बढाएको हो ।
यस्तै, भारतबाट आयात हुने वस्तुको हकमा भने तीन करोड भारु सम्मको एलसी खोल्न पाइने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत आयातमा खुकुलो नीति अघि सारेको देखिन्छ ।
[pdf id=428912]