राष्ट्र बैंकको कारवाहीमा हिमालयन, कुमारी र प्राइम बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई जरिवानासहित कारबाही गरेको हो । राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु उल्लंघन गरेपछि यी ३ बैंक कारबाहीमा परेका हुन् । राष्ट्र बैंकले कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा तथा स्रोत परिचालन अनुपात [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई जरिवानासहित कारबाही गरेको हो । राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु उल्लंघन गरेपछि यी ३ बैंक कारबाहीमा परेका हुन् ।

राष्ट्र बैंकले कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा तथा स्रोत परिचालन अनुपात पालना नगरेको भन्दै कारवाही गरेको हो । कुमारी बैंकले गत २०७९ माघमा सीडी रेसियो कायम नगर्दा ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ र हिमालयन बैंकले गत २०७९ कात्तिकमा सीडी रेसियो कायम नगर्दा १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना तिर्नु परेको हो ।

प्राइम बैंकलाई भने अन्य कारबाही गरेको हो । बैंकले एकृकीत निर्देशन २०७९ निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र नियम विपरित प्रिमियम दर बढाई ब्याज असुल गरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको हो ।

Share News