क्‍वीन्टल सुन तस्करीको अनुसन्धान अब नेपाल प्रहरीले गर्ने

<p>काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । आइतबार विभागका महानिर्देशक नवराज अधिकारीले सुन प्रकरणमा अहिलेसम्म भेटिएकाप्रमाण सहित थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय भएको बताए । ‘संगठित अपराध अन्तर्गत अनुसन्धकान गर्ने र यसको सबै काम नेपाल प्रहरीबाट हुनेगरी हालसम्म संकलन भएका [&hellip;]</p>

काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन तस्करी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ ।

आइतबार विभागका महानिर्देशक नवराज अधिकारीले सुन प्रकरणमा अहिलेसम्म भेटिएकाप्रमाण सहित थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय भएको बताए ।

‘संगठित अपराध अन्तर्गत अनुसन्धकान गर्ने र यसको सबै काम नेपाल प्रहरीबाट हुनेगरी हालसम्म संकलन भएका सबै तथ्य र बरामद भएका प्रमाण नेपाल प्रहरीलाई पठाउने निर्णय गरेका छौं’, अधिकारीले भने ।

साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय हुँदै बाहिरिएको करीब एक सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

Share News