‘दृश्य प्रदुषण’ गरेको भन्दै काठमाडौं महानगरले असुल्यो ५० हजार जरिवाना

<p>काठमाडौं । फिल्मको पोस्टर टाँसेर ‘दृश्य प्रदुषण’ गरेको भन्दै काठमाडौं महानगरपालिकाले एउटै संस्थालाई ५० हजाररूपैयाँ जरिवाना गरेको छ । काठमाडौं–२९ मा रहेको नेपाली बेभसाइट मिडिया हाउस प्रालिले काठमाडौंको भित्ताहरुका फिल्मको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो । उक्त कम्पनीले मंगलबार महानगरको कार्यालयमा गएर ५० हजाररुपैयाँ जरिवाना बुझाएको महानगरले बताएको छ । महानगरले [&hellip;]</p>

काठमाडौं । फिल्मको पोस्टर टाँसेर ‘दृश्य प्रदुषण’ गरेको भन्दै काठमाडौं महानगरपालिकाले एउटै संस्थालाई ५० हजाररूपैयाँ जरिवाना गरेको छ ।

काठमाडौं–२९ मा रहेको नेपाली बेभसाइट मिडिया हाउस प्रालिले काठमाडौंको भित्ताहरुका फिल्मको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो ।

उक्त कम्पनीले मंगलबार महानगरको कार्यालयमा गएर ५० हजाररुपैयाँ जरिवाना बुझाएको महानगरले बताएको छ ।
महानगरले १७०००१ नम्बरको रसिद जारी गरेर उक्त जरिवाना असुलेको हो ।

उक्त कम्पनीले फिल्मको पोस्टर टाँसी दृश्य प्रदुषण र फोहोर मैला गरे वापत प्रशासनिक दण्ड, जरिवाना र जफत गरेको बताएको छ ।

Share News