ललिता निवासको जग्गामा घर बनाए महानगरपालिकाले भत्काउने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरमा निर्माण भएका भवनहरु हटाउने भएको छ । सोमबार एक सूचना प्रकाशन गरी महानगरपालिकाले ललिता निवास जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण गर्न रोक्का गरिएको बताएको छ । यदि महानगरपालिकाको सूचना उल्लङ्घन गरेमा भवन भकाइने महानगरपालिकाले जनाएको छ । ‘काठमाडौं महानगरपालिका वडा नं। ४ [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरमा निर्माण भएका भवनहरु हटाउने भएको छ । सोमबार एक सूचना प्रकाशन गरी महानगरपालिकाले ललिता निवास जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण गर्न रोक्का गरिएको बताएको छ । यदि महानगरपालिकाको सूचना उल्लङ्घन गरेमा भवन भकाइने महानगरपालिकाले जनाएको छ ।

‘काठमाडौं महानगरपालिका वडा नं। ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्नु पर्नेछ,’ महानगरपालिकाको सूचनामा भनिएको छ ।

यदि सूचनाको उल्लङ्घन गरी कसैले सो क्षेत्र भित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने र भत्काउँदा लागेको खर्च समेत सम्बद्ध घरधनीबाट सरकारी बाँकी सरह असुल उपर गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।

Share News