महानगरको विश्व संघ बोर्ड सदस्यमा बालेन नियुक्त

<p>काठमाडौं । काठमाडौं महानगर प्रमुख शाह महानगरको विश्व संघमा बोर्ड सदस्य नियुक्त भएका छन् । महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) प्रमुख महानगरको विश्व संघमा बोर्ड सदस्यका रुपमा नियुक्त भएका हुन् । महानगरका मेयर बालेनको सचिवालय स्रोतका अनुसार शाहलाई सन् २०२४ देखि सन् २०२६ सम्मका लागि संघको बोर्ड सदस्यका रुपमा नियुक्त भएका हुन् । प्रमुख महानगरको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगर प्रमुख शाह महानगरको विश्व संघमा बोर्ड सदस्य नियुक्त भएका छन् ।

महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) प्रमुख महानगरको विश्व संघमा बोर्ड सदस्यका रुपमा नियुक्त भएका हुन् ।

महानगरका मेयर बालेनको सचिवालय स्रोतका अनुसार शाहलाई सन् २०२४ देखि सन् २०२६ सम्मका लागि संघको बोर्ड सदस्यका रुपमा नियुक्त भएका हुन् ।

प्रमुख महानगरको विश्व संघ सन् १९८४ बाट स्थापना भएको हो । संसारभरका प्रमुख महानगरीय क्षेत्रहरुको विश्वव्यापी नेटवर्कका रुपमा रहेको यो संघले महानगरहरुको सामूहिक आवाज उठाउने र विश्वव्यापी सहयोग, संवादलगायत आदनप्रदान गर्ने काम गर्छ ।

Share News