भरतपुर महानगरले सीसी क्यामेरा जडान गर्न छुट्यायो २ करोड ९० लाख बजेट

<p>काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्न २ करोड ९० लाख रुपैयाँ बजेट छुट्याएको छ । भरतपुरका उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सीसी क्यामेरा जडानको लागि २ करोड ९० लाख छुट्याएको बताएका हुन् । ‘महानगरपालिकावासिलाई सुरक्षाको प्रत्याभूति दिलाउनको लागि महानगरपालिकाको महत्वपुण स्थानमा सीसी क्यामेरा [&hellip;]</p>

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्न २ करोड ९० लाख रुपैयाँ बजेट छुट्याएको छ । भरतपुरका उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सीसी क्यामेरा जडानको लागि २ करोड ९० लाख छुट्याएको बताएका हुन् ।

‘महानगरपालिकावासिलाई सुरक्षाको प्रत्याभूति दिलाउनको लागि महानगरपालिकाको महत्वपुण स्थानमा सीसी क्यामेरा जडान कार्य प्रभावकारी बनाइने छ, यसका लागि २ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ,’ उनले भने ।

Share News