महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीद्वारा प्रस्तुत बजेट चालू आबको भन्दा झन्डै ७६ करोड कम हो । उक्त बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड रुपैयाँ, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार रुपैयाँ मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख रुपैयाँ र शिक्षा तर्फ ६७ करोड ९४ लाख रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख रुपैयाँ र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महानगरले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरीय आयोजनाका लागि ३८ करोड रुपैयाँ, नगर स्तरीय आयोजनाका लागि २० करोड रुपैयाँ, बहु वर्षीय तथा गौरवका आयोजना एवं कर्मागत योजनाको भुक्तानीका लागि ६५ करोड रुपैयाँ, आरयुडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मत सम्भार १० करोड रुपैयाँ, सडक बत्ती तर्फ १ करोड ५३ लाख ७५ हजार रुपैयाँ, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख रुपैयाँ, फोहोर पानी प्रशोधन केन्द्र २ करोड ६५ लाख रुपैयाँ र समपूरक कोषका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
जुन खर्चको लागि सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार रुपैयाँ, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार रुपैयाँ आम्दानी हुने महानगरको अनुमान छ। महानगरले आन्तरिक आय तर्फ ९९ करोड ५० लाख रुपैयाँ, जनसहभागिता तर्फ १० करोड रुपैयाँ, आन्तरिक ऋण तर्फ १० करोड रुपैयाँ, अन्य सङ्घसंस्था तर्फ ३ करोड रुपैयाँ र नगद मौज्दात बापत २ करोड रुपैयाँ आय हुने अनुमान गरेको छ ।
नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट विराटनगर महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य नतिजा हासिल हुने उपप्रमुख निरालाको विश्वास छ ।