महानगर प्रमुख बालेन साहलाई प्राधिकरणले सोध्यो लिखित स्पष्टीकरण, कारबाही किन नगर्ने ?

<p>काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसहित तीन जनालाई लिखित रुपमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले शुक्रबार स्पष्टीकरण सोध्दै एक साताभित्र लिखित रुपमा जवाफ पेश गर्न निर्देशन दिएको हो । महानगरका नगर प्रहरीले बिहीबार सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेका थिए । बीना जानकारी [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसहित तीन जनालाई लिखित रुपमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले शुक्रबार स्पष्टीकरण सोध्दै एक साताभित्र लिखित रुपमा जवाफ पेश गर्न निर्देशन दिएको हो ।

महानगरका नगर प्रहरीले बिहीबार सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेका थिए । बीना जानकारी फेन्सिङ तार काटेर लगेको भन्दै प्राधिकरणले मेयर शाह, नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडा अध्यक्ष रामजी भण्डारीलाई लिखित स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणले नागरिक उड्डयन ऐन २०५३ को दफा ७ अनुसार दफा २५ को १ अनुसार किन कारबाही नगर्ने भन्दै लिखित जवाफ मागेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले महानगरका नगर प्रहरीले कानुनविपरित काम गरेपछि लिखित रुपमा स्पष्टीकरण सोधिएको बताए । उनका अनुसार प्राधिकरणका कर्मचारीले विमानस्थल परिषरमा बिना जानकारी तार नकाट्न आग्रह गर्दा अटेर गरी जबर्जस्ती कार काटेर लगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २ (ग) बमोजिमको विमानस्थल क्षेत्रको रुपमा रहेको वडा नं ९ स्थित नक्सा सिट नं १०२–११४७–१५, कि.नं ३० को जग्गामा प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो ।

प्राधिकरणले मेयर साहसहित ३ जनालाई सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु ।’

प्राधिकरणले तोेकिएको समयभित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम कारवाही गर्ने जनाएको छ ।

Share News