विनोद चौधरीका उत्पादनमाथि करको भारी

<p>काठमाडौं । सरकारको आर्थिक विद्येयक २०८० ले सबैभन्दा बढी मारमा चौधरी ग्रुप परेको छ । सरकारले हेरफेर गरेको विभिन्न वस्तुको भन्सारदर र अन्तशुल्कका कारण मारमा परेको ग्रुपले जनाएको छ । ‘आर्थिक विधेयकमार्फत करका दरमा हेरफेर गरिनु स्वाभाविक हो तर, यस वर्ष परिवर्तन गरिएका करका दरहरुले सम्भवतः सबैभन्दा बढी असर विनोद चौधरी र उनको कम्पनी चौधरी ग्रुपमाथि [&hellip;]</p>

काठमाडौं । सरकारको आर्थिक विद्येयक २०८० ले सबैभन्दा बढी मारमा चौधरी ग्रुप परेको छ । सरकारले हेरफेर गरेको विभिन्न वस्तुको भन्सारदर र अन्तशुल्कका कारण मारमा परेको ग्रुपले जनाएको छ ।

‘आर्थिक विधेयकमार्फत करका दरमा हेरफेर गरिनु स्वाभाविक हो तर, यस वर्ष परिवर्तन गरिएका करका दरहरुले सम्भवतः सबैभन्दा बढी असर विनोद चौधरी र उनको कम्पनी चौधरी ग्रुपमाथि पर्ने देखिएको छ’ ग्रुपका सञ्चार अधिकृत सुजन ढुंगानाले भने ।

चौधरी ग्रुपलाई नै असर गर्ने गरी भन्सारदर र अन्तःशुल्क बढाएको आरोप चाैधरी ग्रुपकाे छ ।

सरकारले यस पटक नूडल्स (चाउचाउ) मा प्रतिकिलो १७ रुपैयाँले अन्तःशुल्क लाग्ने गरेकोमा बृद्धि गरि प्रतिकिलो २० रुपैयाँ पुर्याएको छ । यसको प्रत्यक्ष असर चाउचाउ उद्योगमा पर्नेछ भने चौधरी ग्रुपले सबैभन्दा बढि प्रभावित हुने ढुंगानाले बताए । नूडल्समा कर बृद्धि गर्दा चौधरीको वाइवाइमाथि ठूलो दवाव परेको छ । सोही दरमा कुरकुरे, कुरमुरे, लेज, चिजवल्समा पनि अन्तःशुल्क बढेको कम्पनीले जनाएकाे छ ।

यस्तै, सरकारले वियरमा लाग्ने अन्तःशुल्क प्रति लिटर २२८ रुपैयाँबाट बढाएर २३५ रुपैयाँ पुर्याएको छ । चौधरी ग्रुपल नेपाल आईस ब्राण्डको वियर उत्पादन गर्दै आएको छ । यस नीतिले पनि चाैधरी ग्रुपलाई प्रतिकूल असर पर्ने ढुंगानाले बताए ।

बजेटले इलेक्ट्रिक भेइकलको भन्सार महशुल पनि बृद्धि गर्दा विद्युतीय सवारी व्यापारमा प्रवेश गरेको चौधरी ग्रुपलाई असर पर्ने कम्पनीले जनाएको छ । सरकारले ११ देखि १४ सिटे विद्युतीय सवारीमा लाग्दै आएको भन्सार महसुल १ प्रतिशतबाट बढाएर १० प्रतिशत कायम गरेको छ ।

सरकारले विभिन्न जुसमा लाग्दै आएको महसुल प्रतिलिटर ११ रुपैयाँबाट बढाएर १३ रुपैयाँ पुर्याएको छ जसको असर पनि चौधरी ग्रुपलाई परेको जनाईएको छ । विनोद चौधरी नेपाली कांग्रेसका सांसद हुन् । आफ्नै पार्टीको सरकारका अर्थमन्त्रीले ल्याएको बजेटको भारी चौधरीमाथि परेको चाैधरी ग्रुपकाे दाबी रहेकाे छ ।

Share News