नेपाललाई अन्तर्राष्ट्रिय दाताहरुले किन सहयोग कटौती गरिरहेका छन् ?

<p>काठमाडौं । नेपालले विभिन्न शिर्षकमा विदेशी मुलुकहरुबाट प्राप्त गर्ने अनुदान सहायता ओरालो लाग्दै गएको छ । पछिल्लो छ वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालले विदेशीबाट प्राप्त गरेको अनुदान सहयोग कुल ग्राहस्थ उत्पादन वृद्धिको अनुपातमा आधा भन्दा धेरैले कमी आएको देखिन्छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष ०७३/७४ मा कुल ग्रार्हस्थ्य उत्पादनको [&hellip;]</p>

काठमाडौं । नेपालले विभिन्न शिर्षकमा विदेशी मुलुकहरुबाट प्राप्त गर्ने अनुदान सहायता ओरालो लाग्दै गएको छ । पछिल्लो छ वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालले विदेशीबाट प्राप्त गरेको अनुदान सहयोग कुल ग्राहस्थ उत्पादन वृद्धिको अनुपातमा आधा भन्दा धेरैले कमी आएको देखिन्छ ।

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष ०७३/७४ मा कुल ग्रार्हस्थ्य उत्पादनको १.४ प्रतिशत रहेको विदेशी अनुदान सहयोग गत आव ०७८/७९ सम्म आउँदा ०.४९ प्रतिशतमा झरेको थियो ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अनुदान बापत २३ अर्ब १२ करोड प्रतिबद्धता प्राप्त गरेको थियो । तर, सो अवधिमा सरकारले प्रतिबद्धताको १६.८६ प्रतिशत मात्रै सहयोग प्राप्त गर्न सफल भएको छ ।

पछिल्लो छ वर्षमा सरकारले प्राप्त गरेको अन्तर्राष्ट्रिय सहायता परिचालन

Share News