काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात पुनः सुरु गरेको छ । गत पुस पहिलो साताबाट स्थगित निर्यात शुक्रबार रातिबाट सुरु भएको हो ।
प्राधिकरणले प्रतियुनिट ७.२१ भारूका दरले बिजुली बिक्री गरेको हो ।
नेपालले गत वर्षदेखि भारतमा बिजुली निर्यात गर्न सुरू गरेको हो । अघिल्लो वर्ष नेपालले ११ अर्ब रूपैयाँको बिजुली बिक्री गरेको थियो।
प्राधिकरणले यो वर्ष बीस अर्बको विद्युत बिक्री गर्ने लक्ष्य राखेको जनाएको छ ।